सुचना, समाचार र मनोरन्जन

जापानको योकोसुका सिटी र भरतपुर महानगरले भगिनी सम्बन्धलाई निरन्तरता दिने

जापान/

कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजीबीच भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाइ, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।

जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका लागि योकोसुका सिटीसँग छोटो मध्यम र लामो अवधिमा सहयोग आदानप्रदान हुने गरी सम्झौता भएको छ, भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले भनिन यस खालका कार्यक्रमले दुई देशबीचमा रहेको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाई नगरको विकास र प्रणाली सुधारमा टेवा पुर्‍याउने छ ।

जापान भ्रमणले यहाँका नागरिकमा रहेको अनुशासन र जिम्मेवारी बोध सेवा प्रदायकहरूमा रहेको सुशासन, सहज सेवा प्रवाह, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्वले निकै नै प्रभाव पारेकोले त्यो अनुभवलाई आफूले सक्दो अवलम्बन गर्ने नगर प्रमुख दाहालले बताइन।

योकोसुका सिटीको कार्य स्थलको अवलोकन समेत गरेकी नगर प्रमुख दाहालले प्रशासनिक काम गर्दा जापानले अवलम्बन गरेको कार्य स्थलको कर्मचारीको बसाइँले सेवाग्राहीलाई हुने गरेको सहजतासहितको पारदर्शिताबाट आफू प्रभावित भएकोले भरतपुरमा १ अरबको लगानीमा बन्न लागेको प्रशासनिक भवनमा केहि सुधार गर्ने बताइन् ।

कमेन्ट्स
Loading...