सुचना, समाचार र मनोरन्जन

पञ्चाङ्ग ज्योतिष तथा संस्कृत भाषा प्रशिक्षण शुरु

पोखरा/
कास्कीको मादी गाउँपालिका वडा नः ५ चितेपानीमा गाउँपालिका स्तरीय पञ्चाङ्ग ज्योतिष तथा संस्कृत भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

चैत्र १ गतेबाट शुरु भएको कार्यक्रम १० गतेसम्म सञ्चालन हुने पञ्चाङ्ग ज्योतिष तथा संस्कृत भाषा संयोजन समितिका अध्यक्ष इमनाथ अधिकारीले बताए ।

कार्यक्रममा २२ जना प्रशिक्षार्थी प्रशिक्षण लिने अधिकारी बताउनुभयो। कार्यक्रमको प्रशिक्षण र सहजिकरणको रुपमा भिमनाथ कुइकेल र नारायाणप्रसाद सुबेदी रहेका छन ।

संस्कृत भाषा तथा रुद्री चन्डीकाको बारेमा किरण न्यौपाने गुरुले सहजिकरण गरेका छन ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरुलाई पञ्चाङ्ग सम्बन्धी बिषयमा केन्द्रीत गराउने र संस्कृत भाषाको बारेमा जानकारी दिने उद्धेश्य रहेको अध्यक्ष इमनाथ अधिकारीले बताए ।

प्रशिक्षणले प्रशिक्षार्थीहरुलाई रुद्री पुस्तक पढ्न सक्ने बनाउने लक्ष्य रहेको उपाध्यक्ष बाबुराम सापकोटाले बताए ।
कार्यक्रममा वडा नः ५ का वडा सदस्य एब्म कार्यबाहक वडा अध्यक्ष पार्बती राना मगर, वडा सदस्यय सुजनबाबु अधिकारीले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुद्रनाथ अधिकारीले गरेका थिए ।

कमेन्ट्स
Loading...