सुचना, समाचार र मनोरन्जन

नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी (फोटो फिचर)

काठमाडौं /

उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो।

निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन्। आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन्। उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन्।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन्।

हेर्नुहोस् तस्बिरहरु :

कमेन्ट्स
Loading...