सुचना, समाचार र मनोरन्जन

यसरी गरियो पोखरामा वरिष्ठ कार्टुनिस्ट ‘वात्स्यायन’को रथारोहण

वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गरेको हो ।

पोखरा /

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहण सहित नागरिक अभिनन्दन गरेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा दर्जन बढि संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहण सहित नागरिक अभिनन्दन गरे ।

वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गरेको हो ।

अभिन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीबारे जानकारी दिदै बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएको बताए ।

पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किएका कलाकार बराल रहेको पौडेलले बताए । १९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बराल ८० वर्ष पूरा भएका छन् । नेपाली कला क्षेत्रमा लामो समय योगदान पु¥याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । सम्मान समारोहमा कला र उनका बारेमा सरु भक्त, इश्वरमणि अधिकारी लगाएतका साहित्यकारहरुले कविता मार्फत सम्झे ।

बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण सहित सम्मान गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित गर्दै थुप्रै अनुजहरुलाई सिकाएका उनको भनाई छ ।

बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएको अध्यक्ष पौडेले बताए । उनका चार ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् ।

अन्तर्राष्ट्रिय स्तरको विशिष्ट कार्टुनिस्टका रूपमा आफूलाई विकास गरेका उनले साहित्यिक पत्रिका प्रागण र राष्ट्रपुकार मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुर र द काठमाडौं पोस्ट जस्ता पत्रपत्रिकामा काम गरेर अनुभव छ । कला क्षेत्रमा पाँच दशकभन्दा बढी समय बिताइसकेका बरालले नेपाली राजनीतिक विकृति र त्यसको कुरूप तस्बिरलाई कलामार्फत जीवन्त देखाइदिएका छन् । बरालले आफूले अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धि पोखराकै कारण प्राप्त गर्न सफल भएको सुनाएका थिए ।

कमेन्ट्स
Loading...