सुचना, समाचार र मनोरन्जन

सिप सिकेर दक्ष बनेको जनशक्तिलाई व्यवस्थापनको जिम्मेवारी महानगरको: उपप्रमुख गुरुङ

पोखरा/
गण्डकी बहुप्राविधिक शिक्षालय, पोखराले विभिन्न चरणमा संचालन गरेका ३९० घन्टे, ६५ दिने सिपमुलक तालिमका सहभागीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी बहु प्राबिधिक शिक्षालयको सभाहलमा आयोजित उपप्रमुख संग प्रशिक्षार्थी कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाको उपप्रमुख मंजु देवी गुरुङले सिप सिकेर दक्ष बनेको जनशक्तिलाई व्यवस्थापनको जिम्मेवारी महानगरको हुने बताएकी छिन । हामीले सिप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिएका छौ, पहिले तपाइले सिप सिक्नुस अनि कम्तिमा १० जनालाइ रोजगार दिन सक्ने गरि उद्योग संचालन गर्नुस सस्तो ब्याजदरमा ऋण हामीले उपलब्ध गराउने व्यवस्था गरेका छौ । समापन कार्यक्रममा बोल्दै उप प्रमुख गुरुङले महानगरले लक्षित वर्ग बिशेष बिबिध कार्यक्रम, कानुनि सचेतता कार्यक्रम लगाएतका विविध कार्यक्रम संचालन गरिरहेको बताउदै सहयोग आवश्यक भएका दिदि बहिनीहरुलाई महानगरपालिका, वडा कार्यालय महिला जनप्रतिनिधि समक्ष आफ्ना समस्या खुलेर भन्नको लागि आग्रह गरेकी छिन ।

पोखरा महानगरपालिका शिक्षा निर्देशक एव गण्डकी बहुप्राविधिक शिक्षालयका सन्चालक समिति सदस्य हेम प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षालयका निर्देशक लक्षमण तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रममा पोखरा विश्वबिद्यालयकि निर्देशक बिमला भट्टले बोल्दै महिलाहरुको इच्छाशक्ति भए जुन सुकै सिप सिकेर पनि आयआर्जन गर्न सकिने बताईन । कार्यक्रममा पोखरा महानगर वडा न २९ वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, पोखरा महानगर आर्थिक प्रशासन महाशखा प्रमुख मनोहर कडोनिया, प्रशिक्षकहरु धनमाया श्रेष्ठ, प्रभा भुजेल को उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालन गण्डकी बहुप्राविधिक शिक्षालय शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए ।

कमेन्ट्स
Loading...