सुचना, समाचार र मनोरन्जन

विश्लेषणका लागि किनेको १० कित्ता सेयरबाट लाखौंको सम्पत्ति बन्यो: गभर्नर अधिकारी

काठमाडौँ/

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन र विश्लेषणका लागि किनेको १० कित्ता सेयर अहिले लाखौं पुगेको बताएका छन् ।

सोमबार ‘ग्लोबल मनी विक–२०२३’ को समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले दुई वर्षमा आउेन वार्षिक प्रतिवेदनका अध्ययनलाई पछ्याउन किनेको १० कित्ता सेयर अहिले लाखौं भाएको बताएका हुन।

‘एउटा सूचीकृत कम्पनीको बारेमा जानकारी लिनुपर्‍यो भने दुई वर्षपछि बल्लबल्ब वार्षिक प्रतिवेदन आउँथ्यो । त्यो पनि कति परदर्शी हुथ्यो कि हुँदैन थियो,’ गभर्नर अधिकारीले भने, ‘त्यसलाई विश्लेषण गर्नका लागि भएपनि १० कित्ता सेयर किनेर त्यो वार्षिक वित्तीय विवरणलाई पछ्याउने गरेको थिए । ५०/५२ सालमा वित्तीय विवरण विश्लेषणका लागि किनेको १० कित्ता सेयरबाट अहिले लाखौंको सम्पत्ति भएको छ । यसरी पूँजीकरण भएको छ ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष पनि मञ्चमा रहेको कार्यक्रममा बोर्ड अध्यक्ष रमेशकुमार हमाललाई सम्बोधन गर्दै उनले २०५०/०५२ सालमा वित्तीय विश्लेषणका लागि किनेको १० कित्ता सेयर लाखौ पुगेको बताएका हुन् ।

उनले कार्यक्रममा नेपालमा निक्षेपमा उच्च ब्याजदर भएपनि बचत न्यून भएको बताए । उनले अहिले फोर्सफूल रुपमा बचत गर्‍यो भने पनि त्यससले ८(१० वर्षमा डबल हुने अवस्था रहेको गभर्नर अधिकारीको भनाइ छ । तर, पनि नेपालमा बचत भन्दा पनि उपाभोग केन्द्रित रहेको र जसले कुल राष्ट्रिय बचत समेत न्यून रहेको गभर्नर अधिकारीले बताए ।

‘नेपालमा निक्षेपको ब्याजदर राम्रो छ । फोर्सफूल गरेको बचत ५ देखि ८-१० वर्षमा दोब्बर हुने ब्याजदर छ,’ गभर्नर अधिकारीले भने, ‘बचत अत्यन्तै जरुरी छ । बचत गरेनौ भने पनि उक्त रकम त्यतिकै खर्च भएर जान्छ । नेपाल समग्रमा कम बचत गर्ने मुलुकमा परेको छ । हामीले बढी उपाभोग गरिरहका छौं । कुल राष्ट्रिय बचतको अनुपात न्यून छ ।’

कमेन्ट्स
Loading...