पोखरा /
करिब २ करोड लागतमा पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ संचालन गरिएको छ ।
पाल्पाको पर्यटकीयस्थल रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण गरी पाल्पा हाउस संचालन गरिएको हो । जसको शुक्रबार पोखरा र तानसेनका मेयरले संयुक्त उद्घाटन गर्ने छन् ।
पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाका मौलिक उत्पादन पोखरामा बिक्री गर्ने उद्देश्यले पाल्पा हाउस संचालन गरिएको बताए ।
१० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । कम्पनीले रानीमहल रेष्टुरेन्टमा पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ ।
१० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । कम्पनीले रानीमहल रेष्टुरेन्टमा पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ । यस्तै पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउनेछ ।
यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने विश्वास गरिएको छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहल थालनी गरेका हुन् ।
पाल्पाली समाज पोखराका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउँछन् । पाल्पाली समाज पोखराले बिस्तारै बृहत् रुप लिंदै गएको उनको भनाइ छ । समाजले नै सहकारी जन्मायो, साथै पाल्पा हाउससँगसँगै पाल्पाली कोलोनी पनि छिट्टै संचालनमा ल्याउने थापाले बताए ।
पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् ।
