सुचना, समाचार र मनोरन्जन

कर्णालीका ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

सुर्खेत/

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषित पानी पिउन बाध्य छन । प्रदेशका तीन प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको पाइएको छ । विसं २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ९४ हजार आठ सय ८९ जना रहेको छ ।

सरकारी तथ्याङ्कअनुसार प्रायजसो नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिजिनल इञ्जिनियर गोपाल शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेको बताए । प्रदेशमा अझै छ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।

शर्माले भने, प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन । प्रदेशका ७९ वटै पालिकामा आधारभूतस्तरको खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएर काम भइरहेको छ।

शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९र८० मा खानेपानी तथा सरसफाइमा १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षण समेत भइरहेको छ । अहिले प्रदेश सरकार तथा पालिकाले खानेपानीका नयाँ आयोजना सञ्चालन गरिरहेको र खानेपानीको समस्या रहेको ठाउँमा आधारभूत सुविधा पुर्याउन काम अघि बढाइएको शर्माले बताए ।

कमेन्ट्स
Loading...