सुचना, समाचार र मनोरन्जन

रुबिनाले जितिन् ‘बीग बोस १४’को उपाधि

भारतिय टेलिभिजन सिरियलकी चर्चित पात्र रुबिना दिलेकले रियालिटी सो ‘बीग बोस’को १४ औ संस्करणको उपाधि जित्न सफल भएकी छिन् ।

आइतबार साँझ फिल्म सिटीमा भएको फाइनल प्रतियोगितामा राहुल वैद्यलाई हराउँदै उनी उपाधि जित्न सफल भएकी हुन् । रुबिनाले ट्रफीको साथ ३४ लाख नगद पाएकी थिइन । यसैगरी सलमानले सबै प्रतियोगीहरूलाई १४ लाख रुपैयाँ लिएर सो छोड्ने विकल्प दिएका थिए, जसमा कलाकार राखी सावन्तले १४ लाख लिएर सोबाट बिदा हुने निर्णय लिएकी थिइन् ।

बिग बोसको फस्ट रनर अप राहुल वैद्य बने भने तेश्रो स्थान निकी तम्बोली भएकी हुन् ।

कमेन्ट्स
Loading...