सुचना, समाचार र मनोरन्जन

पोखरा १३ द्धारा राष्ट्रिय टिमका क्रिकेट खेलाडी करण केसी सम्मानित

काठमाडौँ/

पोखरामा क्रिकेटका राष्ट्रिय टिमका खेलाडी करण केसीलाई सम्मान गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका १३ ले एक कार्यक्रम आयोजनागरी उनलाई सम्मान गरेको हो । वडाअध्यक्ष किरण बरालले राष्ट्रिय टिमका खेलाडी केसीलाई सम्मानपत्र सहित सम्मान गरिएको उनले जानकारी दिए । उनका अनुसार केसीका हजुरआमा र आमालाई सम्मान गरिएको छ ।

‘केसी वडाबासी भएकाले वडाले सम्मान गरेको हो,’ उनले भने,’ स्थानीय तहमा भएका यस्ता खेलाडीलाई सम्मान गर्दा अन्य खेलाडीलाई पनि प्रोत्साहन मिल्छ।‘ सम्मान समारोहमा अध्यक्ष बरालले खेल क्षेत्रमा केसीको उज्वल भविष्यको कामना पनि गरे । राष्ट्रलाई उनले पुर्‍याएको योगदान कदर गरी सम्मान गरिएको उनको भनाइ छ ।

‘उनीजस्ता खेलाडीलाई सम्मान गर्न पाउँनु हाम्रो लागि अहोभाग्य हो,’ उनले केसीलाई सम्मानित गरेपछि भने,’ खेलाडीलाई गरिएको सम्मानले उनलाई थप हौसला मिल्ने आशा गरेका छौ । यस्ता कार्यले वडामा भएका अन्य खेलाडीलाई थप हौसला र प्रोत्साहन मिल्ने छ ।‘

सम्मानित भइसकेपछि करण केसीले सम्मान गर्ने जनप्रतिनिधिलाई धन्यवाद प्रकट गरे । ‘सम्मानले मेरो खेल जीवनमा थप उर्जा मिलेको छ,’ उनले भने,’ नेपाल र नेपाली क्रिकेटलाई माथि पुर्‍याउन हौसला प्राप्त भएको छ ।‘

कमेन्ट्स
Loading...