सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा अध्यक्ष निर्वाचन: दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडौं /

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। संघीय संदव भवन नयाँ बानेश्वरमा सत्ता पक्षबाट माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल र नेपाली कांग्रेसबाट युवाराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादर सार्की अछामी रहेका छन् भने समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन्।

यसैगरीका उम्मेदवार शर्माको प्रस्तावका आनन्दपं्रसाद ढुंगाना रहेका छन् भने समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवारी दिएका हुन्। निर्वाचन कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। भोलि मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ। अध्यक्ष पद यही फागुन २१ गतेदेखि रिक्त छ।

Leave A Reply

Your email address will not be published.