काठमाडौँ/
नेपाल भेटेरिनरी एसोसिएसन ९एनभिए० ले आफ्नै निजी भवनको निर्माण सुरु गरेको छ । काठमाडौंको बाफल चोक नजिक निजी जग्गामा एनभिएले भवन निर्माण थालेको हो । एनभिएका अध्यक्ष डा।शीतलकाजी श्रेष्ठले एसोसिएसनका उपलब्ध सदस्यहरूको उपस्थितिबीच भवन निर्माणको शिलान्यास गरे ।
शिलान्यास कार्यक्रमपछि बोल्दै अध्यक्ष श्रेष्ठले भवन निर्माणका लागि राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्वान गरिएको जानकारी दिए । श्रेष्ठका अनुसार, आगामी १८ महिनामा भवन निर्माण सम्पन्न हुनेछ । कार्यक्रममा अग्रज भेटेरिनरियन डा.प्रह्लाद सापकोटा, डा.केबी.श्रेष्ठ, डा.बिकेबी शाहलगायतले पनि आफ्नो भनाइ राखेका थिए ।
एनभिएका अनुसार, करिब ११ आना क्षेत्रफलमा निर्माण हुने भवनलाई कार्यालयसँगै आवासका रूपमा समेत प्रयोग गरिनेछ । भवन निर्माणका लागि एनभिएले डा।श्रीराम अधिकारीको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको छ ।
