सुचना, समाचार र मनोरन्जन

नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा (तस्बिरहरु)

काठमाडौँ/

नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा राखिएको छ । नेपाल न्युमिसम्याटिक सोसाइटीको स्थापना भएको २० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको प्रदर्शनीमा राजा मानदेवदेखि वर्तमान समयसम्म जारी भएका विभिन्न सिक्का र नोट प्रदर्शनीमा राखिएको हो ।

बुधबारसम्म चल्ने प्रदर्शनीमा नेपालका पहिलो गभर्नरदेखि वर्तमान गभर्नर महाप्रसाद अधिकारी हस्ताक्षरित नोटहरू प्रदर्शनमा राखिएका छन् ।

 

कमेन्ट्स
Loading...