सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति सरेको हो ।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल गरिएपनि सहमति जुट्न ढिलाइ भएपछि शुक्रबारसम्मका लागि समय सरेको हो ।

यद्यपि अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए ।

कमेन्ट्स
Loading...