सुचना, समाचार र मनोरन्जन

आरआर क्‍याम्पसमा २६ चैतमा स्ववियु चुनाव हुने

काठमाडौँ/

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव २६ चैतमा हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले २६ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी अनेरास्ववियुका नेता मदन भण्डारीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा तोकेको स्ववियु निर्वाचन विद्यार्थी संगठनबीचको विवादका कारण यहाँ हुन सकेको थिएन । स्ववियु निर्वाचनको विषयलाई लिएर सत्तारुढ दल निकट विद्यार्थी संगठनले २६ फागुनमा क्षम्पसमा तालाबन्दी गरेका थिए ।

निर्वाचन अधिकृतको राजीनामा, फर्जी भर्ना भएका विद्यार्थीको छानबिन लगायतका माग उनीहरुले राखेका थिए । सोही अनुसार क्याम्पस प्रशासनले निर्वाचन अधिकृत परिवर्तन गर्ने र विद्यार्थी भर्ना छानबिन गर्ने भएपछि २६ चैतमा चुनाव गर्ने सहमति भएको हो ।

कमेन्ट्स
Loading...