सुचना, समाचार र मनोरन्जन

आँटिला प्रधानमन्त्री ओली, आज ७० औं जन्मदिन मनाउँदै

काठमाडौं /

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ । तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो ।

उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्। जन्मदिनका अवसरमा आज प्रधानमन्त्री ओलीलाई शुभकामनाको ओइरो लागेको छ । सात वर्षअघि पहिलोपटक ओलीको निजी निवास बालकोटमा जन्मदिनको अवसरमा पार्टि नै आयोजना गरिएको थियो ।

अघिल्लो वर्ष नेपालको नक्सा अंकित केक काटेका भन्दै जन्मदिन विवादमा परेको थियो । जन्म दिनलाई बिशेष बनाउन यही अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई शपथ खुवाउने सम्भावना पनि रहेको छ ।

सरकार विस्तारका बारेमा छलफल गर्न बैठक बस्न लागेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

कमेन्ट्स
Loading...