सुचना, समाचार र मनोरन्जन
kumdini

डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं /

British college

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले भट्टराई आज बिहान ९ बजे भर्ना गरिएको  जानकारी दिए।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उनी भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएको बताइएको छ। भट्टराईलाई ’न्युरोएन्डोक्राइन ट्युमर’ को आशंका गरिएको छ ।

चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

कमेन्ट्स
Loading...