सुचना, समाचार र मनोरन्जन

चर्चित सञ्चारकर्मी लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी

काठमाडौँ /

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल ल्याउने भएका छन् । च्यानलको म्यानेजिङ डाइरेक्टरमा लामिछाने रहने छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ रखिएको डाइरेक्टर लामिछानेले जानकारी दिए ।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताएका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको जानकारी दिएका हुन् ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए । ग्यालेक्सी फोरकेमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायत कार्यक्रम आउने डाइरेक्टरमा लामिछानेले बताए ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो, नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी संस्थाबाट बाहिरिएका थिए ।

कमेन्ट्स
Loading...