पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय १० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३ हजार २ सय १८ मा कोरोना परीक्षण गर्दा १ सय १० जनामा कोरोना पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६ सय ६६ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय २ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।