सुचना, समाचार र मनोरन्जन

पर्यटकीय नगरी पोखरा: भव्य समारोहका बीच ४ चैतमा पर्यटकीय राजधानी घोषणा गरिँदै

समारोह सफल बनाउन महानगर प्रमुख आचार्यको नेतृत्वमा मुल समारोह समिति

पोखरा /

गण्डकी प्रदेशको राजधानी पोखरा ४ चैतबाट देशकै पर्यटकीय राजधानी बन्दै छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका लागि सबै तयारी भइरहेको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।

घोषणा मुल समारोह अगाडि आइतबार बिहान १०ः०० बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली हुने छ ।

विहान ११ः०० बजे मुल समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सभापतित्व र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गर्नेछन् । भव्य समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।

समारोह सफल बनाउन महानगर प्रमुख आचार्यको नेतृत्वमा मुल समारोह समिति :

उनका अनुसार घोषणा कार्यक्रमलाई भव्यरुपमा मनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ ।

समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरु, पोखरासंग जोडिएका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला, सुक्लागण्डकी, कुस्मा र मोदीका प्रमुखरअध्यक्ष, प्रदेशका प्रमुख सचिवसहित सबै सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखहरु, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा, महानगरका सबै वडाअध्यक्ष, पर्यटकी संघसंस्थाका प्रमुख, कास्की स्थित सबै संघसंस्था सहभागी छन् ।

चीन र भारतसहित विभिन्न देशका राजदुतलाई आमन्त्रण :

पर्यटकीय राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा समेत बुझाउनका लागि नेपाल स्थित चीन र भारतका राजदुत र भिविन्न देशका नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखलाई पोखरामा आमन्त्रण गरिएको छ । सबैलाई निमन्त्रणा पठाइएको पर्यटन मन्त्रालयका सचिव गुरुङले जानकारी दिए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि समारोहमा विभिन्न देशका राजदुतहरुको उपस्थिति रहने बताएका छन् । यसका साथै गण्डकी प्रदेशका सबै पालिकाहरुको सहभागिता रहने उनले विश्वास प्रकट गरे ।

पोखरा भनेको पोखरा महानगर मात्र नभएर समग्र गण्डकीलाई बुझ्नुपर्ने प्रमुख आचार्यको भनाई छ । ‘पोखरा भनेको पोखरा महानगर होइन नी १, यो भनेको नवलपुर पनि हो । यो भनेको मुस्ताङ पनि हो । यहाँको सबै भूभागले यसको अपनत्व लिनुपर्छ र पाउनुपर्छ,’ उनले भने, ‘यो गण्डकी प्रदेश अन्तर्गत रहेका पोखरा महानगरसहित ८५ वटै पालिकाको साझा कार्यक्रम हो ।’

केन्द्र खबरबाट

Leave A Reply

Your email address will not be published.