पोखरा /
नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फागुन १३ गतेबाट टिभिएस ग्राण्ड एक्स्चेञ्ज मेलाको आयोजना गर्ने भएको छ ।
भृकुटीमण्डपमा हुन लागेको उक्त मेला फागुन १३ गतेबाट १७ गतेसम्म ५ दिनसम्म आयोजना हुने छ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन् ।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार रूपैयाँसम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा १२ हजार रूपैयाँसम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ ।
यसैगरी सुरुवाती १८ महिनासम्म शुन्य व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । किस्ताबन्दीको ई।एम्आ।इ चाहिँ ५१९१ रूपैयाँदेखि सुरु राखिएको छ । साथै, यस मेला अन्तर्गत मेला अघावै बुकिङ्ग गर्ने ग्राहकले २ हजार रुपैयाँ बराबरको सामान सितैमा प्राप्त गर्नेछन् ।
यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा खेरि समेत बिभिन्न आकर्षक स्यरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।