सुचना, समाचार र मनोरन्जन

नोरा फतेहीले रुदैँ गुनासो पोखिन ‘अडिसनमा बोलाएर मजाक उडाइन्थ्यो’

एजेन्सी /

बलिउडकी चर्चित डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा नोरा निकै भावुक बनेकी छिन् ।

आफ्ना करियरको संघर्षको दिनहरुको बारेमा खुलासा गर्दै उनले भनेकी छन्, ‘मलाई लागेको थियो भारत आएपछि मलाई धरै राम्रो हुन्छ र म अडिसनका लागि जाने छु ।

तर भारत आएपछि मलाई धरै गार्हो भयो ।’ नोराले एक अन्तरवार्ताको क्रममा भनिन्, ‘हरेक अडिसनमा रिजेक्सनको सामना गर्नुपरेको थियो । मलाई निर्देशकहरुले जानीजानी मेरो मजाक उडाउन उडाइन्थ्यो ।

मलाई त्यसकारण निकै पीडा हुन्थ्यो ।’ उनी उक्त अन्तरवार्तामा रुँदै आफूमाथि भएको दुर्व्यवहारको खुलासा गरेकी छन् ।

कमेन्ट्स
Loading...