सुचना, समाचार र मनोरन्जन

रियलको महत्त्वपूर्ण जितमा मेन्डी नायक

एजेन्सी /

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टामाथि १(० को जित दर्ता गरेको छ ।

एटलान्टाको मैदानमा रियलका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले लुका मोड्रिचको पासमा गोेल गरेका थिए ।

फरवार्ड करीम बेन्जेमाविना उत्रिएको रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि फिनिसिङमा चुकेको थियो । एटलान्टाले भने आक्रमणमा कमजोर प्रदर्शन गर्यो ।

घरेलु मैदानमा अन्तिम समयमा गोल खाएपछि अब एटलान्टालाई अर्को चरणमा पुग्न कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ । रियलले अब दोस्रो लेगमा बराबर खेलेपनि क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।

कमेन्ट्स
Loading...