पोखरा /
पोखरामा एक युवक मृत फेला परेका छन् । लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका हुन् ।
पोखरा महानगरपालिका – ६ स्थित वसुन्धरा पार्कमा अन्दाजी २०-२२ वर्षका युवक बिहान ६:५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
निलो ज्याकेट लगाएका युवक पार्क भित्र अचेत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक युवकको हालसम्म पहिचान खुल्न नसकेको प्रवक्ता हमालले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको हमालले जानकारी दिए ।