सुचना, समाचार र मनोरन्जन

‘बाराक’ को बदलिएको रुप, शरीरबाट निकालियो ३५ किलो उन

एजेन्सी /

अष्ट्रेलियामा एउटा भेडा यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको हिट लिस्टमा छ । केहीदिनअघि उद्धारकर्ताले पारेका त्यो भेडाजस्तो नभई अनौठो जनावरजस्तो देखिएको थियो ।

शरीर उनले यसरी ढाकिएको थियो कि राम्ररी आँखा पनि देख्न नसक्ने उद्धारकर्ताले जनाएका छन् । उद्धारकर्ताले बाराक नाम दिएको उक्त भेडो मेलबर्नदेखि ६० किलोमिटर उत्तरमा भेटिएको हो ।

बाराकको शरीरबाट उद्धारकर्ताले झन्डै ३५ किलोग्राम उन निकालेका छन् ।  कुनै बेला घरम पालिएको भेडाको पाँच वर्षदेखि रौं नकाटिएको हुनसक्ने उद्धारकर्ताले अनुमान गरेका छन् ।

भेडाको शरीरबाट वर्षमा एक पटक उन निकाल्नुपर्छ नत्र त्यो बढ्दैबढ्दै गएर समस्या आउन सक्छ । उद्धारकर्ताले उन निकालेपछि अहिले फरक रुपमा देखिएको छ, र  देख्न सक्ने भएको छ ।

कमेन्ट्स
Loading...