सुचना, समाचार र मनोरन्जन

महावीर पुन सडकमा (फोटो फिचर)

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

काठमाडौं /

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् ।

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनलाई युवाहरुले साथ दिएका छन् ।

बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गरेका पुनले शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए ।

हेर्नुहोस् तस्बिरहरु :

कमेन्ट्स
Loading...