सुचना, समाचार र मनोरन्जन

सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै

काठमाडौं /

सरकार र आन्दोलनरत सहकारी पीडितबीच मंगलबार वार्ता हुँदै छ।

वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो।

सहकारी पीडीतहरु सँगको वार्ता टोलीमा सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे सह-संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।

वार्तामार्फत सहकारी क्षेत्रमा देखिएका समस्या, निक्षेपकर्ताको रकम फिर्ता लगायत यावत् समस्या समाधानका लागि पहल हुने जानकारी दिइएको छ।

Leave A Reply

Your email address will not be published.