काठमाडौं /
संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।
संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो।
उनले भने, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन्।माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो।
सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
हेर्नुहोस् दुर्घटनास्थलको तस्वीर :
तस्वीर सौजन्य : वाङ् भोटे
