सुचना, समाचार र मनोरन्जन

भ्रष्टचारीलाई कारबाहीको माग गर्दै पोखरामा विरोध प्रदर्शन (फोटोफिचर)

भ्रष्टाचार ढाकछोपबिरुद्द नागरिक प्रदर्शन! वृहत नागरिक आन्दोलन,पोखराले आह्वान गरेको हो ।

पोखरा /

भ्रष्टचारीलाई कारबाहीको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरिएको छ । भ्रष्टाचार ढाकछोपबिरुद्द नागरिक प्रदर्शन! वृहत नागरिक आन्दोलन,पोखराले आह्वान गरेको हो ।

पोखराको पृथ्वीचोकमा सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा कविता, गजल, नाटक प्रस्तुत गरिएको थियो।

विरोध प्रदर्शनमा पोखरा थियटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका थिए । विरोध प्रदर्शनमा सुरज उपाध्याय, बाबु साहेब, सुरेश रानाभाट, अमृत सुवेदी लगायतले कविता सुनाएका थिए ।

भन्नेछौ हामी बारम्बार भ्रष्टचारीलाई कारागार, करोड पर्ने बंगला तिमीलाई कसले किन्दियो?, भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारी जम्मा भएका थिए ।

हेर्नुहोस् तस्बिरहरु:

तस्बिरहरु: प्रेम थापा, परिचय

कमेन्ट्स
Loading...