पोखरा/
अन्तराष्ट्रिय थाइराइड दिवस तथा पोखरा डाइविटिज एण्ड थाइराइड क्लिनिकको ९ औ वार्षिकोत्सव को अवसरमा ५० जनाको निःशुल्क थाइराइड परिक्षण TSH परिक्षण गरिएको छ ।
शिविरमा २० वर्षका युवादेखि ८० वर्षका बृद्धाको सहभगिता रहेको थियो । स्वास्थ परिक्षण कार्यक्रममा सबैभन्दा बढि महिलाहरुले सेवा लिएको आयोजक पोखरा डाइविटिज एण्ड थाइराइड क्लिनिकले जानकारी दिएको छ ।
सामान्यता क्लिनिकमा पुरुष भन्दा महिला दोब्बर हिसाबमा थाइराइडको समस्या लिएर आउने गरेका छन । “महिलामा बढि मात्रामा हुने हर्मोन परिवर्तन र बदलिदो जिवनयापनका कारण पनि थाइराइड समस्या देखिने गरेको छ” उपचारमा संलग्न डाक्टरहरुले भने ।
