पोखरा/
लेकसाइड स्थित बाराही चोकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक शौचालय शिलन्यास गरिएको छ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि.ले पोखराको लेकसाइडस्थित बाराही चोकमा आधुनिक शौचालय निर्माण गर्न लागेको हो ।
संस्थाको सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्र्तगत रहेर पोखरा महानगरपालिकाको संयोजकत्वमा अत्याधुनिक शौचालय निमार्ण गर्न लागिएको हो ।
शौचालय निमार्णको लागि प्रालिले डेढ करोड रुपैयाँ सहयोग गर्नेछ । यो अनुमानित लागत भएको प्रालिले जनाएको छ ।
बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शौचालयको शिलान्यास गरेका हुन। । प्रालिले सामाजिक उत्तरदायित्व बहन गर्दै पोखरामा शौचालय निर्माण गर्न लागेको बताएको छ ।
पर्यटकीय नगरी पोखरालाई सुन्दर तथा सफा राख्न सार्वजनिक सौचालयको आवश्यकता महसुस गरी प्रालिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शौचालय निमार्ण गर्न लागेको प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले जानकारी दिएका छन ।
शौचालयको निर्माण र सञ्चालन एरोसन प्रालिले गर्नेछ । पोखराको फेवाताल किनारमा रहेको बाराही चोकमा सुविधा सम्पन्न सौचालय निर्माण भएसँगै पोखरा आउने पर्यटक तथा सर्वसाधरणहरु लाभान्वित हुने विश्वास गरिएको सूर्य नोपलका वाणिज्य प्रमुख गौतम यादवले जानकारी दिए ।
