काठमाडौँ/
आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ ।
आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८०/८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।पक्षीका आधा प्रजातिहरूको सङ्ख्या निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ ।
बेलायतको क्विन्स युनिभर्सिटी बेल्फास्टले ७० हजारभन्दा धेरै प्रजातिका पशुपक्षीको घनत्वबारे अध्ययन गरेको थियो । अनुसन्धानकर्ताले यो अहिलेसम्मकै सबैभन्दा विस्तृत अभिलेख भएको समेत बताएका छन् ।
अध्ययनका अनुसार अहिले पशुपक्षीका ४८ प्रतिशत प्रजातिको सङ्ख्या घट्दो क्रममा छ । तीन प्रतिशत प्रजातिको सङ्ख्या भने बढेको देखिएको छ । अध्ययनले यसको मुख्य कारण जैविक विविधतामा देखिएको विश्वव्यापी ह्रासलाई सङ्केत गरेको बीबीसीले जनाएको छ ।
औद्योगिकीकरणका कारण जैविक विविधतामा भैरहेको नोक्सानी पहिला ठानिएको भन्दा पनि निकै चिन्ताजनक भएको अध्ययनको चेतावनी छ । जैविक विविधतामा देखा परेको सङ्कट मानव जातिका लागि आउँदा दशकहरूमा सबैभन्दा ठूलो चुनौती बन्ने यो अनुसन्धानले जनाएको छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयूसीएनले सन् १९६४ यता खतराको सूचीमा रहेका जनावरहरूको रातो सूची बनाउने गरेको छ । त्यसमा १ लाख ५० हजारभन्दा धेरै सङ्कटापन्न प्रजाति समाविष्ट छन् । आईयूसीएनको विधिअनुसार २८ प्रतिशत प्रजातिलाई लोप हुने खतरामा परेको मानिएको छ ।
