सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरपालिकाको आयोजनामा ओलम्पियनहरुको तिन दिने भेला हुँदै

नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन एसोसियसनले यहि जेठ १९ देखि २१ गते सम्म उक्त भेला आयोजना गर्न लागेको हो ।

पोखरा /

पोखरामा पहिलो पटक ओलम्पियनहरुको तिन दिने भेला आयोजना हुने भएको छ ।

नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन एसोसियसनले यहि जेठ १९ देखि २१ गते सम्म उक्त भेला आयोजना गर्न लागेको हो ।

पोखरा महानगरपालिकाको आयोजना तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा आयोजना हुने उक्त भेलामा ओलम्पियनहरुको पूर्नमिलन, सम्मान लगायतका कार्यक्रमहरु तय गरिएको महासचिव राजेन्द्र भण्डारीले जनाएका छन् ।

कार्यक्रम अनुसार जेठ १९ गते ओलम्पियनहरु पोखरा आउने छन् भने २० गते प्रभातफेरीको कार्यक्रम आयोजना गरिएको छ । २० गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा पूर्नमिलन तथा सम्मान कार्यक्रम तय गरिएको छ । त्यस संगै जेठ २१ गते गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरु संग ओलम्पियनहरुले अन्तक्रिया गर्नेछन् ।

नेपालले सन १९६३ मा ओलम्पिक काउन्सिलको सदस्यता प्राप्ती संगै सन १९६४ खेखि २०२० मा टोकियोमा सम्पन्न ओलम्पिकमा सहभागि नेपाली ओलम्पियनहरु एकै थलोमा भेला गरिएको यो दोश्रो पटक हो । यस अघि काठमाण्डौमा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ ।

नेपालमा हाल सम्म गृष्मकालिन ओलम्पिकमा सहभागि ८८ र शितकालिन ओलम्पिकमा सहभागी २ गरी ९० जना ओलम्पियनहरु तथ्याङ्क रहेकोमा हाल सम्म १० जनाको स्वर्गिय भइसकेको एसोसियसनले जनाएको छ ।

उक्त कार्यक्रममा करिव ५० जना ओलम्पियनहरुको सहभागिता रहने एसोसियसनले जनाएको छ ।

कमेन्ट्स
Loading...