सुचना, समाचार र मनोरन्जन

आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगम र नेपाल एयरलाइन्स सबैभन्दा धेरै घाटामा

काठमाडौँ/

आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको हो ।

निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा बेहोरेको थियो । यसपछि सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा नेपाल एयरलाइन्स छ । नेपाल एयरलाइन्सले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ घाटा बेहोरेको थियो ।

यसपछि, तेस्रो स्थानमा रहेको नेपाल खानेपानी संस्थानले ३९ करोड ५४ लाख रुपैयाँ घाटा बेहोर्दा दुग्ध विकास संस्थानले ३७ करोड घाटा बेहोरेको छ । यसैगरी, नेपाल औषधि लिमिटेडले १३ करोड ८७ लाख रुपैयाँ घाटा बेहोरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको र १९ वटा भने घाटामा रहेको अर्थमन्त्री डा।प्रकाश सरण महतले बताएका छन् ।

कमेन्ट्स
Loading...