सुचना, समाचार र मनोरन्जन

मिस नेपाल-२०२३ को केही झलकहरु

श्रीच्छा प्रधान मिस नेपाल-२०२३ बनेकी छन्।

शनिबार भएको एक कार्यक्रमबीच श्रीच्छा प्रधान मिस नेपाल बनेकी हुन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् ।

फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका हुन्।

मिस नेपाल वल्र्ड २०२२ प्रियंकारानी जोशी, पूर्वमिस अर्थ सरिशा श्रेष्ठ र पूर्वमिस इन्टरनेसनल न्यान्सी खड्काले मोडल तथा सहाना बज्राचार्यसँगै समारोह होस्ट गरेका थिए ।

सबै तस्बिरहरू: मिस नेपाल द हिडेन ट्रेजर

कमेन्ट्स
Loading...