सुचना, समाचार र मनोरन्जन

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि शिक्षा मन्त्रालयको परिपत्र

काठमाडौँ /

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ ।

सोमबार शिक्षा मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन दिन आग्रह गरेको हो ।

परिपत्रमा भनिएको छ,‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने गरी व्यवस्था भएको संविधान प्रदत्त अधिकार र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा {२} को खण्ड ज मा व्यवस्था भए बमोजिम निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापन लगायतका विषयमा सङ्घीय सरकार र स्थानीय तहबाट जारी भएका संलग्न पानामा उल्लेख भए बमोजिमका कानुनी एवम् नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि त्यहाँ मन्त्रालय मार्फत सबै स्थानीय तहमा अनुरोध गरी पठाउने भनी यस मन्त्रालय {मा मन्त्रीस्तर} बाट मिति २०८०-१२-०७ मा निर्णय भएकोले सबै स्थानीय तहमा पत्राचार गरी सहयोग गरिदिनु हुन निर्णय अनुसार अनुरोध छ ।’

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन नभएको भन्दै गुनासो बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.