सुचना, समाचार र मनोरन्जन

निर्देशक तिमिल्सिनाद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसर पारि उक्त विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।

पोखरा /

पोखरा वडा नं. ५ स्थित धर्मस्थली आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसर पारि उक्त विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेका हुन् । उनले ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।

विगत सात वर्ष देखि निद्रेशक तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको धर्मस्थली आधारभूत विद्यालयमा आमा र दाजु संगै जाने र त्यहा अध्ययनरत विद्यार्थिलाई केहि स्टेशनरी सामाग्री वितरण गर्ने र आफुलाई वाल्यकालमा अध्ययन गराएका गुरुहरुको आशिर्वाद लिने गर्दै आएका छन ।

विद्यालयको निमित प्रध्यानाध्यापक निर्मला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकै पुर्व प्रध्यानाध्यापक केदारनाथ बरालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा तिमिल्सिनाका आमा पार्वती तिमिल्सिना लगाएत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेकोे थियो भने कार्यक्रमको सञ्चालन शिक्षक हरीशचन्द्र अधिकारीले गरेका थिए ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds