सुचना, समाचार र मनोरन्जन

सरकारका खातामा १ खर्ब ८० अर्ब मौज्दात, खर्च र आम्दानीका बीचमा भने ३ खर्बको खाडल

काठमाडौँ/

नेपाल सरकारका विभिन्न खातामा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ मौज्दात रहेको देखिएको छ । यो स्थानीय र प्रदेश सरकार समेतको खातामा रहेको रकम हो । सरकारका खातामा रहेको मौज्दात रकम निरन्तर घट्दो क्रममा छ ।

२०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ मौज्दात रहेको थियो । यस वर्ष आम्दानी खुम्चिएका कारण सरकार स्रोत व्यवस्थापनमा चरम संकटमा छ । सोहीकारण सरकारको खर्च र आम्दानीका बीचमा २ खर्ब ९१ अर्ब ५१ करोड रुपैयाँको खाडल देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष वैशाख मसान्तसम्म सरकारले १० खर्ब ४७ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले गर्ने आम्दानी भने मात्र ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसबाट २९१ अर्ब ५१ करोड रुपैयाँको खाडल सरकारको आम्दानी र खर्चका बीचमा देखिन्छ ।

सरकारको कुल खर्च गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १५।३ प्रतिशतले बढेको छ । राजस्व परिचालन भने १२।६ प्रतिशतले कमी आएको छ ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds