सुचना, समाचार र मनोरन्जन

बजारमा विषादीयुक्त आँपको बिगबिगी

रौतहट/

जेठ महिनाको मध्यदेखि फलको राजा भनिने आँप पाक्न सुरु हुन्छ । तर, ती आँप बजारमा नपुग्दै भारतीय आँपले नेपाली बजार ढाकिसकेको छ ।

वैशाख महिनाको मध्यदेखि नै बजारमा पाकेका आँप धमाधम बिक्री भइरहेको छ ।

हेर्दा आकर्षक देखिए पनि भारतबाट आएका सबैजसो आँपमा विषादी हालेर ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको हुन्छ । जुन मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालको हुने चिकित्सकहरु बताउँछन् ।

नर्भिक अस्पतालका वरिष्ठ चिकित्सक डा शैलेन्द्र कुशवाहाका अनुसार आँप पकाउन प्रयोग गरिने उक्त कार्बाइडमा धातुजन्य आर्सेनिक, फस्फोरसको मात्रा अत्यधिक हुन्छ । त्यसले पानीसंँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास उत्पादन गरी मानिसको स्नायु प्रणालीको तन्तु प्रभावित बनाउँछ । त्यसैले, यसको प्रयोग मानव स्वास्थ्यको लागि निकै घातक रहेको उनको भनाई छ ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds