पोखरा /
पोखरा महानगरपालिका वडा न. २६ मा महिला समूहहरुका लागि आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा जनजागृती महिला समूह प्रथम भएको छ ।
२६ नं. वडा कार्यालयको सहयोग एवं सिर्जनशिल महिला समूहको आयोजनाा भएको प्रतियोगितामा सृजना महिला समूह द्धितिय एवं नवदुर्गा महिला समूहले तृतिय स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा रचना महिला समूहले सात्वना स्थान हासिल गरेको छ । १० समूहको सहभागिता रहेको उक्त कार्यक्रममा बिजेता प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने क्रमश चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैया नगद सहित प्रमाण प्रदान गरिएको थियो ।

प्रतियोगितामा बिजेता समूहलाई पुरस्कार बितरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले आफुहरु निर्वाचित भएर आएको पहिलो बर्ष भौतिक पूर्वाधारको बिकासमा धेरै बजेट विनोजन गरेको बताए । उनले पहिलो बर्ष महिला लक्षित तथा शिप बिकासका कार्यक्रममा भन्दा पनि वडाका भौतिक पूर्वाधारमा बजेट आवश्यक भएको उल्लेख गर्दै, दोश्रो बर्षमा महिला लक्षित कार्यक्रमलाई प्राथमिकता दिईने बताए । उनले जेठ मसान्त भित्र वडा भित्रका महिला समूह एवं टोल बिकास संस्थाले महिला लक्षित र शिप बिकासमा केन्द्रित हुने गरी योजना माग गर्न समेत आग्रह गरे ।
सिर्जनशिल महिला समूहका अध्यक्ष सिता बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा सदस्य लक्ष्मीदेवी भट्टराई, वडा सचिव मिना भट्टराई भण्डारी, पृथ्वी नारायण क्याम्पसका प्राध्यापक नारायणदत्त बस्ताकोटी, वडा कार्यालयका कर्मचारी नवराज सापकोटा, सिजनशिल टोल विकास संस्थाका अध्यक्ष हरि बहादुर लामिछाने लगायतले महिलाहरुको क्षमता बिकासका लागि समुदायस्तरमा लक्षित कार्यक्रम ल्याउन वडा कार्यालयलाई सुझाव दिएका थिए ।