पछिल्लो २४ घन्टामा नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ७३ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २ सय १६ पुगेको छ।यि मध्ये ९ सय ६८ सकृय संक्रमित रहेका छन्
पछिल्लो २४ घन्टामा ६४ जना निको भएर फर्किएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४ सय ७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।