एजेन्सी /
नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा जित निकालेको छ ।
सोमबार राति भएको खेलमा पन्जाबले नेरोका एफसीलाई १-० गोल अन्तरले हराएको हो । खेलमा कप्तान किरण म्यान अफ द म्याच चुनिए ।
उनले सातौं मिनेटमा नेरोकाका सोंग्पूको प्रहारलाई वन भर्सेस वनको स्थितिमा रोक्दै खेल बराबरीमा नै राखेका थिए । १४ औं मिनेटमा जुदा गार्सियाको शक्तिशाली प्रहारमा उनी नै बाधक बने ।
जितसंगै पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाबले १० खेलमा १८ अंक जोडेको छ । नेरोका १० खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।