एजेन्सी/
सब्सिच्युट ब्राजिली युवा विङ्गर भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हार बाट जोगिएको छ ।
सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
यस बराबरीसँगै रियलले २५ खेलमा ५३ अंक जोडेको छ । रियलले दोस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ । रियल लिगको तेस्रो स्थानमा रहेको छ । सोसिडाड ४२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।