सुचना, समाचार र मनोरन्जन

दशैंमा देश दर्शन: घुम्नै पर्ने ठाउँ मुस्ताङ-मुक्तिनाथ {हेर्नुहोस् परिचय तस्बिरहरु}

पोखरा /

आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षणको स्थान हो, मुस्ताङ । आन्तरिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ मन्दिर बढी जाने गर्दछन् भने बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ अर्थात् लोमाङथाङ जाने गर्दछन् । मुस्ताङमा रहेको एउटा रमणीय स्थल हो, मार्फा । वरिपरि पहाडले घेरिएर बीचमा गुजुमुजुक्क परेको यो गाउँ निकै सुन्दर छ । मार्फामा पर्यटकलाई चाहिने सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट छन् ।

त्यसपछि आउँछ कागबेनी । दुई खोला बिचमा रहेको छ यो स्थान । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको यो पवित्र तीर्थस्थल पनि हो । प्राकृतिक सुन्दरताको हिसाबले पनि यो निकै प्रख्यात छ । नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाईमा पर्न अन्नपुर्ण पदमार्गमा समेत पर्दछ कागवेनी ।

मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनका लागि प्रख्यात छ । मन्दिर परिसरसम्म सवारी साधन लैजान मिल्दैन । मन्दिरभन्दा केही तलसम्म गाडी जान्छ । समुन्द्र सतहदेखि ३ हजार ७१० मिटरको उचाइमा रहेको यो मन्दिरमा आउँदा लेक लाग्ने सम्भावना पनि हुन्छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्छन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरूमध्ये यो एक हो ।

मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । ल्याण्डस्केप, जनजीवन, गुफा तथा रहनसहनका लागि प्रख्यात रहेको मुस्ताङ तल्लो र माथिल्लो मुस्ताड गरेर दुई तहमा विभाजित छ । देशमा गणतन्त्र आईसक्दा पनि त्यहाँ राजा र राजपरिवारहरुको अवशेष बाँकी छ ।

तस्बिरहरु: प्रेम थापा, परिचय

Leave A Reply

Your email address will not be published.