सुचना, समाचार र मनोरन्जन

गृहमन्त्री लामिछानेको नाम जोडिएको विषयमा छानबिन गर्न माग

काठमाडौं /

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए।

त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए। उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह मन्त्री माथी संसदीय छानविन समितिको माग गरिरहेका छन्।

गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै सांसद गौतमले छानबिन भइरहेको व्यक्तिलाई नै गृहमन्त्रीको कुर्सीमा राखिएको जिकिर गरे। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी घोटलामा छानबिन गर्ने र दोषी उम्किन नदिने प्रतिवद्धता जनाएपनि सरकार फेरिएसँगै परिस्थिति फेरिएको उनको टिप्पणी थियो।

लामिछानेको गृहमन्त्रालयमा स्वार्थ बाझिने पनि उनले बताए। यो विषय नैतिक विषय भएको बताए। विगतमा कांग्रेसका तर्फबाट अर्थमन्त्री रहेका बेला रामशरण महतमाथि प्रश्न उठ्दा राजीनामा दिएको, माओवादी केन्द्रका कृष्णबहादुर महराको सन्दर्भमा प्रश्न उठ्दा राजीनामा आएको स्मरण गर्दै उनले प्रश्न उठ्दैमा त्यसलाई राजनीतिक रुपमा हेर्न नहुने उनले बताए।

“नौतिकताको पनि प्रश्न हो। यस विषयमा सरकार गम्भीर हुन जरुरी छ। यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ”, उनले भने, “यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस्।” उनले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौं विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताए। “यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौं। तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्”, उनले भने।
संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए।
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसदमै जवाफ दिएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताए। गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव ९कन्फ्क्टि अफ इन्ट्रेस्ट० रहेको पनि उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.