सुचना, समाचार र मनोरन्जन

एयरलाइन्स फ्लाइट एटेण्डेण्ट एकेडेमी र नेपाल फेसन एकेडेमीले गरे बृक्षरोपण

पोखरा /

‘एयरलाइन्स फ्लाइट एटेण्डेण्ट एकेडेमी’ र ‘नेपाल फेसन एकेडेमी’ पोखराले आफ्नो सामाजिक कार्य अन्तगर्त बृक्षरोपण कार्यक्रम आयोजना गरेका छन्।

“Nature is The Turn Glamour Of earth” भन्ने उद्घोषका साथ पोखरा स्थित भ्रदकाली बहुमुखी क्याम्पसको प्राङ्गणमा २५ वटा धुपीको विरुवा रोपेको एयरलाइन्स फ्लाइट एटेण्डेण्ट एकेडेमीका निर्देशक शोभा केसीले जानकारी गराइन।

सन २०१२ मा स्थापना भएको एकेडेमीले पोखरामा एयरहोस्टेस सहितको क्याविन क्रु तालिम प्रशिक्षण गराउदै आएको छ। क्याम्पस अथवा स्कुलमा राम्रो र हराभरा वातावरण होस् भन्ने हेतुले आफुहरुले सानो भएपनि बृक्षरोपण गरेको निर्देशक केसीले बताइन् । मन्दिरको एउटा रुप बिधालयमा गरिएको बृक्षरोपणले सकारात्मक खालको संकेत गर्ने केसीले बताइन् ।

यस्तै नेपाल फेसन एकेडेमीका संचालक बिशाल गरुङले फेशन संगै आफुहरुले नियमित रुपमा सामाजिक कार्य गरेको र त्यसै अनुरुप आज संयुक्त रुपमा बृक्षरोपण गरेको बताए । एकेडेमीले पोखरामा रहेर नेपालमा विभिन्न खालका फेशन शो गर्नुका साथै फेशन सम्बन्धि पढाउदै आएको छ।

पछिल्लो समय वातावरणमा बढ्दै गएको प्रदुषणले पारेको असरलाई मध्यनजर गर्दै आफुहरु पनि भ्रदकाली क्याम्पसमा बृक्षरोपणको लागि सरिक भएको गुरुङले बताए । यस्ता खालको सानो कार्यले पनि समाज सुधारमा टेवा पुग्ने उनले बताए।

Leave A Reply

Your email address will not be published.