पोखरा /
जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुले आफ्नो चार वर्षे वार्षिक उत्सवको अवसरमा विधार्थी बिकासकालागि शिक्षा सँगै खेलकुदू भनाईलाई आत्मसाथ गर्दै पोखरा महानगरपालिकाका विभिन्न ६ वटा विधालयहरूलाई आवश्यक खेलकुदसमाग्री वितरण गरेको छ ।
स्वतन्न्त्र विधार्थी युनियन जनप्रिय बहुमुखी क्याम्पसले पोखरा माहानगरका जनचेतन उच्च माड्डवि , शिशु कल्याण माड्डवि , श्री चण्डीडाँडा उच्च माड्डवि , शान्ति उच्च माड्डवि , श्री दामगाडे माड्ड वि , चण्डी उच्च मावि मा विधार्थीहरूलाईआवश्यक अनुसार विभिन्न खेलकुद सामाग्री वितरण गरेको छ। स्ववियुले भलिबल , फुटबल , ब्याडमिन्टन , भलिबल , इस्किपिङलगायतका खेलकुद सामग्री वितरण गरेको हो।
विभिन्न विधालयका विधार्थिहरू खेलकुद सामाग्री पाँउदा आफुहरू निकै खुसि रहेको र यस खुसिका लागि स्ववियु जनप्रिय बहुमुखी क्याम्पसलाई धन्यवाद दिएका थिए। जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति आशिक गुरूङ्का अनुसार विधार्थी बिकासका लागी पढाईका साथसाथैमनसिक स्वास्थका लागि खेलकुदको ठुलो भुमिका हुने हुँदा विधार्थीहरूको आवश्यक अनुसार खेलकुद सामाग्री वितरण गरेको बताए। त्यस्तै गुरूङले नेपालमै पढौं, नेपालमै काम गरौं र नेपाल बनाऔं भन्ने कुरामा जोड दिन सबै विधार्थीलाई अनुरोध गरे।
आफुहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र विद्यार्थीहरुको साथ र सहयोगले गर्दा नै आफ्नोस्ववियु कार्यकाल उत्साहजनक रहेको उदघोष गर्दै गुरुङले आउने दिनहरूमा पनि विधार्थीहरूको बिकासका लागी अझै विभिन्नअभिमुखीकरण कार्यक्रमहरू आयोजना गर्ने बताए।
स्ववियुले आफ्नै खर्चमा निस्वार्थ भावनाले सधै बिधार्थीका लागी काम गरेको र देश बिकासमा लाग्ने नेताहरूले पनि यस सकरात्मकस्वार्थहिन भावानाले लागेमा भ्रषटचार कम हुने र देश छिट्टै बिकास हुने बताए। सभापति आशिक गुरुङले लामो समय सम्म हुन नसकेको स्ववियु निर्वाचनले विधार्थी राजनीतिमा ठुलो सहयोग पुर्याउने कुरा व्यक्त गर्दैछिटो भन्दा छिटो नै स्ववियु निर्वाचन गराउनका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।