सुचना, समाचार र मनोरन्जन

मिस्टर नेपालको दौडमा पोखराका स्वपनील

पोखरा/
पोखराका स्वपनील मिस्टर नेपाल बन्ने दौडमा छन् । जसका लागि उनी अहिले काठमाडौंमा छन् । शनिबार हुने फाइनलका लागि उनको तयारी राम्रै छ । उत्कृष्ट २० जनामा पर्न सफल भएका स्वपनीलको सपना भनेकै मिस्टर नेपाल भएर युवाहरुलाई प्रेरित गर्ने हो ।

भन्छन्,‘युवाको लागि इनकरेज गर्ने उद्देश्य स्वरुप म मिस्टर नेपालमा आएको हुँ । फिनाले यहि शनिबार हुँदैछ । जसका लागि म तयार छु । मिस्टर नेपाल जित्छु भन्नेमा आशावादी छु ।’

स्वपनील १९ वर्षका हुन् । उसो त मिस्टर नेपालमा १७ वर्षदेखि ३२ वर्षका युवाहरुले सहभागिता जनाउन पाउँछन् । मोडलिङमा पहिले देखि इच्छा भएता पनि कोरोनाका कारण सपना पुरा नभएको तर्क उनको छ । मिस्टर नेपालमा अहिले पाइल, इन्जिनियर, डाक्टर र राजनीतिमा लागेका युवाहरुको उपस्थिति छ ।

कमेन्ट्स
Loading...