सुचना, समाचार र मनोरन्जन

प्रज्ञा प्रतिष्ठानका कुलपति सहित सदस्यले लिए सपथ ग्रहण

पोखरा /

पोखरा महानगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानका कुलपति सहित प्राज्ञ सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सपथ ग्रहण गराए । प्राज्ञ सदस्यहरुलाई कुलपति ढकालले सपथ ग्रहण गराए । देश संघयीय संरचनामा गएपछि पहिलो पटक स्थानीय सरकार पोखरा महानगरपालिकाले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएर प्रतिष्ठान गठन गरेको हो ।

प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनबादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवियत्री सरस्वती श्रेष्ठ र दिलिप गायक रहेका छन् ।प्रतिष्ठानमा उपकुलति र दुई सदस्य रिक्त रहेको छ ।

कमेन्ट्स
Loading...