सुचना, समाचार र मनोरन्जन

कानुन मन्त्री गिरीले भेटे, दम्पत्ति हत्याका परिवारलाई

पर्वत /

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको छ ।

हत्याबाट मृत्यु भएका जिसी दम्पत्तिको परिवारलाइ आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन् । पिडित परिवारको घर जलजला २ दहमा पुगेका गिरीले परिवारका सदस्यहरुलाई भेट गरेका हुन् ।

हत्या भएको २ दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन् । परिवारसंगको भेटमा कानुन मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने बताए । उनले हत्या जस्तो जघन्य अपराधमा संग्लन्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पाउने आश्वासन दिए ।

घरमा बसीरहेका जिसी दम्पत्तिको रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पत्ति एक्लो घरमा बस्दै आइरहेका थिए । हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पिडित परिवारले न्याय पाउने गरी सुरक्षा निकायका सवै निकायबाट अनुसन्धानलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको मन्त्री गिरीले परिवारलाई बताएका छन् । मन्त्री गिरीले अपराधीलाई कारबाही नगरे देशमा यस्ता आपराधिक घटना अझै बढ्ने भन्दै छिट्टै अपराधीलाई सार्वजनिक गर्न सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

हत्यारालाई खोज्नका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेतबाट समेत प्रहरीले अनुसन्धान गरीरहेको छ । प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले अनुसन्धान भइरहेको र अभियुक्त छिट्टै पत्ता लाग्ने बताए ।

Leave A Reply

Your email address will not be published.